दफा २४२
चोरी गरेमा हुने सजाय

(१) देहाय बमोजिमको अवस्थामा चोरी गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षदेखि सात वर्षसम्म कैद र बीस हजाररुपैयाँदेखि सत्तरी हजार रुपैयाँँसम्म जरिबाना हुनेछः–
(क) कुनै सरकारी वा सार्वजनिक सम्पत्ति वा कुनै धार्मिक स्थान वा देवालयको सम्पत्ति चोरी गरेमा,
(ख) कुनै व्यक्तिलाई मादक पदार्थ खुवाई वा लागू पदार्थ सेवन गराई वा अरु किसिमले वेहोस गराई कुनैसम्पत्ति चोरी गरेमा,
(ग) भूकम्प, आगलागी, बाढी, हूलदङ्गा वा यस्तै प्रकृतिको अरु कुनै सङ्कटापन्न स्थिति वा कुनै दुर्घटनाकोमौका छोपी कुनै सम्पत्ति चोरी गरेमा,
(घ) आफू जुन कार्यालय वा व्यक्तिको सेवामा रहेको छ त्यस्तो कार्यालय वा व्यक्तिको सम्पत्ति चोरी गरेमा,
(ङ) मानिस वा वस्तु परिवहनको लागि उपयोग भएको कुनै सवारीमा चोरी गरेमा ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा चोरी गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजाररुपैयााँसम्म जरिबाना हुनेछ ।